काठमाडाैं, मंसिर १०ः संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ United Nations Multidimensional Integrated Stabilization Mission in Central African Republic (MINUSCA) मा तैनाथ हुने Light Infantry Battalion र United Nations Interim Security Force for Abyei (UNISFA) Mission मा तैनाथ हुने Force Headquarters Support Company (HQSU) को Pre-Deployment Visit (PDV) संयुक्त राष्ट्र संघको मुख्यालय (UNHQ) तथा सम्बन्धित मिशनका ६ (छ) सदस्यीय प्रतिनिधिहरुबाट मिति २०७८ मंसिर ०६ (तदनुसार 22 th November 2021) गतेदेखि ऐ. ०९ (तदनुसार 25 th November 2021) गतेसम्म सफलतापूर्वक
सम्पन्न भएको छ ।
निरीक्षणको दौरान उक्त Team ले पांचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा Military Skills Validation र Pre-Deployment तालिम सम्बन्धी निरिक्षण गरेका थिए भने छाउनीस्थित श्री महावीर शौर्य गण (रेञ्जर), सितापाइलास्थित श्री नं.१७ बाहिनी अड्डा, जंगी अड्डास्थित टु.मु. कोतखाना डिपो र गठ्ठाघरस्थित श्री सैनिक गठ्ठाघरको भ्रमण गरी UN Mission मा प्रयोग हुने विभिन्न सवारी साधनहरु, Self- Sustainment Items, स्वास्थ्य सामग्री तथा उपकरणहरु, हातहतियार तथा एम्युनिशनहरु आदिको निरीक्षण गरेका थिए ।
साथै, निरीक्षण भ्रमणको सिलसिलामा नेपाल आएका उक्त PDV Team ले श्री युद्धकार्य विभागका प्रमुख, उपरथी निर्मल कुमार थापासँग शिष्टाचार भेटघाट समेत गरेको जानकारी गराइएकाे छ ।