(NCC) Alumni Association Nepal द्वारा प्रभातफेरी कार्यक्रम संचालन

रिपोर्ट नेपाल | 2021 Dec 24 | 09:29 pm 4741

काठमाडाैं, पुस ९ः NCC Alumni Association Nepal (NCCAA) को चौथो वार्षिकोत्सवको अवसरमा काठमाण्डौं जिल्ला (जगन्नाथदेवल-भोटाहिटी-रत्नपार्क-माईतिघर मण्डला-थापाथलीस्थित आपूर्ति तथा परिवहन गणको गेट हुंदै जंगी अड्डासम्म) मा व्याण्ड सहितको प्रभातफेरी कार्यक्रम अयोजना गरिएको छ । उक्त कार्यक्रममा श्री राष्ट्रिय सेवा दलका रथीवृन्द तथा अधिकृतहरु, NCCAA का प्रमुख सल्लाहकार, NCCAA का पदाधिकारीहरु, NCC का पूर्व तथा तालिमरत क्याडेटहरु र सैनिक व्याण्डको सहभागितामा रहेको थियो । उक्त कार्यक्रमपश्चात राष्ट्रिय सेवा दलका सह- संरक्षक प्रधान सेनापति महारथी प्रभुराम शर्माद्वारा जंगी अड्‍डास्थित खेल मैदानमा आयोजित एक कार्यक्रमकाबीच
प्रभातफेरी कार्यक्रममा सहभागी टोलीलाई सम्बोधन गरेका थिए ।

चौथो बार्षिकोत्सवको अवसरमा पाल्पा जिल्लामा समेत NCC Alumni Association Nepal द्वारा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । साथै, देशका विभिन्न जिल्लाहरुमा समेत राष्ट्रिय सेवा दल, पूर्व छात्र/छात्रा संघ, नेपालका जिल्ला समितिहरुले नेपाली सेनाको स्थानीय युनिटहरुसंगको सहकार्यमा विभिन्न सामाजिक तथा सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.