National Cadet Corps Alumni Association Nepal द्वारा प्रभातफेरी कार्यक्रम संचालन

रिपोर्ट नेपाल | 2022 Dec 24 | 04:55 pm 4217

काठमाडाैं, पुस ९ः NCC Alumni Association Nepal (NCCAA) को पांचौ वार्षिकोत्सवको अवसरमा आज शनिबार राष्ट्रिय सेवा दलद्वारा काठमाण्डौं जिल्ला (जगन्नाथदेवल-भोटाहिटी-रत्नपार्क-भद्रकाली-माईतिघर मण्डला हुंदै जंगी अड्डासम्म) मा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा श्री राष्ट्रिय सेवा दलका रथीवृन्द तथा अधिकृतहरु, NCCAA का पदाधिकारीहरु, NCC का पूर्व तथा तालिमरत क्याडेटहरु र सैनिक व्याण्डको सहभागिता रहेको थियो । कार्यक्रमपश्चात राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेश कुमार कार्की (अवकाश प्राप्त) द्वारा जंगी अड्‍डास्थित सभामण्डप हलमा आयोजित एक कार्यक्रमकाबीच प्रभातफेरी कार्यक्रममा सहभागी टोलीलाई सम्बोधन गरेका थिए ।

पांचौ बार्षिकोत्सवको अवसरमा NCC Alumni Association Nepal को विभिन्न जिल्लाहरुमा रहेका जिल्ला समितिहरुद्वारा नेपाली सेनाको स्थानीय युनिटहरुसंगको सहकार्यमा प्रभातफेरी कार्यक्रम आयोजना गर्नुका साथै विभिन्न सामाजिक तथा सचेतनामूलक कार्यक्रमहरु समेत आयोजना गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.