काठमाडाैं, पुस ८ः संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेनाले विभिन्न UN Mission हरुमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्याउदै आईरहेको छ ।
यही क्रममा, मिति २०७८ पौष ०७ गते UNITED NATIONS ORGANIZATION STABILIZATION MISSION IN THE DEMOCRATIC REPUBLIC OF THE CONGO (MONUSCO) मा पहिलो पटक तैनाथ हुन जाने श्री Quick Reaction Force Company (शान्ति सेना) पहिलो डफ्फा, Main Body मा ८ (आठ) जना महिला सैनिक सहित जम्मा २१० जना नेपाली शान्ति सैनिक, सेनानी रन्जित थापाको नेतृत्वमा UN Chartered Flight, Ethiopian Airlines मार्फत काठमाण्डौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका छन्
।
यससँगै MONUSCO Mission, Congo मा शान्ति स्थापनार्थ नेपाली सेनाको थप एक कम्पनी तैनाथ भएको छ । कोभिड-१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप प्रस्थानको दौरानमा सम्पुर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाईएको समेत जानकारी गराइएकाे छ ।