काठमाडाैं, पुस १ः संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेनाले विभिन्न UN Mission हरुमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्याउदै आईरहेको छ ।
सोही क्रममा, मिति २०७८ मंसिर २९ गते UNITED NATIONS INTERIM FORCE IN LEBANON (UNIFIL) मा तैनाथ श्री बर्द बहादुर गण (शान्ति सेना) ६२ औं डफ्फालाई बदली गर्नको लागि श्री गोरख बक्स गण (शान्ति सेना) ६३ औं डफ्फाको पहिलो फ्लाईटमा प्रमुख सेनानी विकास के.सी. को नेतृत्वमा २१५ जना नेपाली शान्ति सैनिक UN Chartered Flight, Ethiopian Airlines मार्फत काठमाण्डौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।
कोभिड-१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली बदलीको दौरानमा सम्पुर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाईएको व्यहोरा समेत जानकारी गराइन्छ ।