MINUSCA Mission, CAR मा तैनाथ नेपाली शान्ति सैनिकद्वारा जनहित कार्य संचालन

रिपोर्ट नेपाल | 2021 Nov 09 | 08:04 am 1785

काठमाडाैं, कात्तिक २३ः  संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ MINUSCA Mission, Central African Republic (CAR) मा तैनाथ श्री रणशेर गण (शा.से.)-HRPB तेश्रो डफ्फाले Bambari शहरमा अवस्थित एकल/आर्थिक अवस्था कमजोर रहेका महिलाहरुको आर्थिक अवस्था सुधार गर्नको निमित्त Bambari स्थित Mayor Office Premises, PK0 मा कोभिड-१९ को सम्पूर्ण सुरक्षात्मक उपायहरु
अवलम्बन गरी मिति २०७८ कार्त्तिक १५ गते स्थानीय प्रशासनसंगको समन्वयमा सिलाई सम्बन्धि सामाग्री (कपडा सिलाउने हाते मेशिन, खुट्टाले चलाउने सिलाउने मेशिन, कैंची, सियो र धागो) तथा कोभिड-१९ रोकथामका सुरक्षात्मक सामाग्रीहरु वितरण गरिएको जानकारी गराएकाे छ  ।

उक्त कार्यक्रममा Prefecture de OAUKA, Mayor de Bambari, Academic Inspection of Centre East, Head of Office, Task Force Commander/Senior National Officer of Nepal को उपस्थिती रहेको थियो ।

साथै, नेपाली शान्ति सैनिकहरुले द्वन्दग्रस्त मुलुकहरुको अति संवेदनशील ईलाकामा तैनाथ रही आफ्नो अपरेशनल जिम्मेवारीको अलावा स्थानीय समुदायलाई लक्षित गरी संचालन गरेका विभिन्न मानवीय सहयोगका कार्यहरुले स्थानीय निकाय तथा समुदाय र शान्ति सैनिकहरुबीच विश्वासको वातावरण श्रृजना भई आपसी सम्बन्ध थप प्रगाढ हुने देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.