बिमस्टेकमा बहुपक्षीय बैठक सम्पन्‍न

| 2018 Aug 31 | 12:01 pm 2495

काठमाडौं, भदौ १५: बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को दोस्रो दिन बहुपक्षीय बैठक सम्पन्न भएको छ ।

सम्मेलन स्थल होटल सोल्टीमा सबै सात सदस्य राष्ट्रका प्रमुख कार्यकारीहरु आफ्नो प्रतिनिधि मण्डलका साथ बैठकमा थिए।

यो बैठक पछि संयुक दस्तावेजमा परराष्ट्रमन्त्रीहरुल हस्ताक्षर गर्ने छन् र पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

बैठकमा नेपालका प्रधानमन्त्री केपी ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, श्रीलंकका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा सहभागी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.