काठमाडौं, जेठ १५ : संघिय संसदको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५-०७६ को राजश्व र व्ययको वार्षिक अनुमानित बजेट पेस गरिरहेका छन् ।
नेपाल सरकारले हरेक जेठ १५ मा संसद्मा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाबमोजिम अर्थमन्त्रीले केहीबेरअघि शुरु भएको बैठकमा बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन् । नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि गठित नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकारले आफ्नो पहिलो बजेट प्रस्तुत गरेको हो ।
यही जेठ ७ गते संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमका आधारमा बजेट प्रस्तुत गरिएको छ ।
यसअघि बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७५/७६ सालको बजेट पारित गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद बैठकमा समेत बजेटको आकार खुलाउन मानेनन् ।
भिडियो