काठमाडाैं, फागुन १२ः भारतीय सेनाद्वारा नेपाली सेना र नेपालमा बसोबास गर्ने भूतपूर्व भारतीय गोर्खा सैनिकहरु तथा तिनका आश्रित परिवारहरुलाई प्रदान गर्न सहयोग स्वरुप उपलब्ध गराएको १ क लाख डोज Covid-19 Vaccine
COVIDSHIELD आज बिहीबार जंगी अड्डामा आयोजित कार्यक्रममा भारतीय सेनाका Lt Gen PN Ananthanarayanan, SM, President Gorkha Brigade ले नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीलाई
हस्तान्तरण गरेका छन् ।
उक्त हस्तान्तरण कार्यक्रममा बलाधिकृत रथी कार्कीले यस सहयोगको लागि मित्रराष्ट्र भारत तथा भारतीय सेनालाई धन्यवाद ज्ञापन गरेका थिए । यस किसिमको सहयोगबाट महामारी बिरुद्धको लडाइमा नेपाली सेना थप प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने तथा दुई देशका सेनाबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।