Army Got Talent-2077 प्रतियोगिता सम्पन्‍न

रिपोर्ट नेपाल | 2021 Mar 10 | 07:45 am 2625

काठमाडाैं, फागुन २६ः महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाली सेनाद्वारा सञ्चालन गरिएको Army Got Talent-2077 प्रतियोगिताको दोस्रो संस्करण प्रधान सेनापति  पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा मंगलबार जंगी अड्डामा आयोजित एक समारोहकाबीच सम्पन्न भएको छ ।

सकलदर्जामा रहेको प्रतिभा पहिचान तथा प्रेरणा दिने उद्देश्यले आयोजना गरिने उक्त प्रतियोगितामा बिभिन्न पृतना हेडक्वाटर तथा अन्तरगत युनिटहरुबाट बिभिन्न विधामा छनौट भएका २६ जना प्रतियोगिहरु मध्ये केन्द्रीय तहको प्रतिष्पर्धाबाट १४ जना अन्तिम प्रतिष्पर्धाको लागि छनौट भएका थिए ।

केन्द्रीय तहको छनौट समितिको निर्णय अनुसार सर्बोत्कृष्ट हुन सफल भएकाहरूमा बाध्यबाधन विधामा- केशव मगर र थोम बहादुर गुरुङ्ग,
मूर्तिकला विधामा- कौसी बहादुर बुढा, Hand Stand विधामा- हरिचन्द्र गिरी, नृत्य कलामा- कृष्ण श्रेष्ठ, सन्तुलन कलामा- नितराज खतिवडा
, पेन्टिङ्ग विधामा- खरुराम थापा मगर रहेका छन् ।

उक्त प्रतियोगीहरुलाई प्रधान सेनापतिबाट नगद ५० हजार, ट्रफी तथा प्रमाणपत्र बितरण गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.