आगामी पाँच वर्षभित्र नेपालबाट गरीबी हटाइने : प्रधानमन्त्री ओली

| 2018 Sep 08 | 04:16 pm 1522

काठमाडौँ, भदौ २३: वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पाँच वर्षभित्र नेपालबाट गरीबी हटाइने प्रतिबद्धता गरेका छन् ।

आज शनिबार बालुवाटारमा आयोजित (ओली) वंश अक्षय कोषको वार्षिक साधारणसभा तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीलाई गरीबीमा बाँच्न नसुहाउने बताउँदै विगतका शासकको कमजोरीका कारण नेपालीले यस्तो नियति भोग्नुपरेको कुरा व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले सरकारले सुशासन र विकासको बाटोबाट सुखी र समृद्धि नेपाल निर्माण गर्ने बताए। प्रधानमन्त्रीका अनुसार कतिपय मानिस देश बनेन भनेर होइन देश बन्ला भनेर पिरोलिएका छन् तर अब कोही पिरोलिएर देश नबन्ने होइन । बहुतै दृढताका साथ देशमा परिवर्तन ल्याउने काम हुन्छ भन्ने कुरा व्यक्त गरेका छन् ।

वर्तमान सरकार सुविधा उपभोग गर्न वा आफू बन्नका लागि गठन भएको नभइ देश निर्माणका लागि गठन भएकोले यो आफ्नो लक्ष्यमा अविचलित रहने प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पारे ।
कार्यक्रममा ओली वंशका तर्फबाट प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओलीलाई अभिनन्दन गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.