काठमाडौँ २० जेठ / सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा जारी गतिरोध अन्त्यको प्रयास स्वरूप प्रमुख चार दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन् ।
सभामुखले चार दलसँग संयुक्त छलफल थालेका हुन् । यसअघि उनले छुट्टाछुट्टै पनि छलफल गरेका थिए । गृहमन्त्रीको राजीमाना माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले लगातार सदनमा अवरोध गरिरहेका छन् ।
विपक्षीले अडान निरन्तर राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दलका शीर्ष नेताहरूबीचमा संसद्को अवरोध खुलाउने विषयमा सोमबार छलफल गरेका थिए।
शीर्ष नेताको छलफलपछि माओवादी केन्द्र प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् सुचारु हुन नदिने आफ्नो पार्टीको अडानबारे शीर्ष बैठकमा जानकारी गराएको बताए ।