तोलामा ३ सयले घट्यो सुनको मूल्य

| 2024 Sep 18 | 12:12 pm 457

काठमाडौँ, आश्विन २ / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

मङ्गलबार प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । मङ्गलबार प्रतितोला १ हजार ९ सय ५ मा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ८ सय ९० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.