आज हरितालिका तीज पर्व, पशुपतिमा दर्शनार्थीकाे भीड

| 2024 Sep 06 | 10:07 am 561

काठमाडौँ २१ भदौ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ । आज हरितालिका तीजमा पशुपतिमा दर्शनार्थी भीड लागेको छ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । बिहानैदेखि पूजापाठ गर्न पशुपतिलगायतका मठमन्दिरहरूमा हिन्दु महिलाहरूको भीड लागेको छ ।

आज बिहानैदेखि झमझम पानी परिरहेको छ । पानी परेपछि तीजको रौनक केही कम भए पनि श्रद्धालुहरू छाता ओडेरै पशुपतिनाथमा पुगेका छन् । त्यस्तै पानी नरोकिए पनि उनीहरू नाँचगानमा रमाइरहेका देखिन्छन् ।

पशुपतिनाथका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुलेका छन् । मन्दिर दर्शनको लागि लामो लामो लाइन लागेको भए पनि बिहानैदेखि चारै ढोका खुलेकोले लाइन चाँडो चाँडो सरेको पशुपति विकास कोषले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.