नेपाल र श्रीलंकाबीच आज दोस्रो अभ्यास खेल हुँदै

| 2024 Sep 04 | 10:04 am 613

काठमाडौँ १९भदौ / आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि नेपालले आज श्रीलंका डेभलपमेन्टसँग तीन एकदिवसीय अन्तर्गत दोस्रो अभ्यास खेल खेल्दैछ ।

यसअघि मंगलबार पहिलो खेल भने वर्षाले रद्द भएको थियो । नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग – २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो । खेल नेपाली समय अनुसार बिहान सवा १० बजे सुरु हुनेछ ।

श्रीलंकामा रहेको नेपाली राष्ट्रिय टिमले तेस्रो अभ्यास खेल भोलि खेल्ने तालिका छ । अभ्यास खेल पछि नेपाल क्यानडामा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिज खेल्न त्यसतर्फ जानेछ ।

नेपालले क्यानडामा दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग खेलेको थियो । सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल खेल्ने प्रावधान रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.