दुग्ध किसानहरुमाथि धरपकडविरुद्ध एमालेको आपत्ति

| 2024 Jun 19 | 12:33 pm 881

काठमाडौँ ०५ असार / प्रतिनिधि सभाको विशेष समयलाई सम्बोधन गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले वक्यौता भुक्तानीको माग गर्दै प्रदर्शनमा होमिएका दुध किसानहरुमाथि धरपकड भएको भन्दै आपत्ति जनाएका छन् । उनले जायज माग लिएर प्रदर्शनमा होमिएका किसानमाथि अमर्यादित व्यवहार गरी धरपकड भएको भन्दै आपत्ति जनाएका हुन् ।

बर्तौलाले सरकारले तत्काल किसानहरुले पाउनुपर्ने वक्यौता भुक्तानी गर्ने वातावरण मिलाइनुपर्ने उनको माग छ । किसानहरुले दुधको मूल्य नपाउँदा पीडित बन्नुपरेको, बैंकको ऋण तिर्न नसकेको र उनीहरुको दैनिक जीवन नै प्रभावित हुने अवस्था आएको बताए ।

‘राज्यको तर्फबाट र राज्यले वातावरण बनादिएर निजी डेरीको तर्फबाट दुधको भुक्तानी बक्यौता अविलम्ब प्राप्त होस् । यसको लागि म जोडदार माग गर्न चाहन्छ । हामीलाई थाहा छ, यो आज भर्खरको समस्या होईन । यो ६÷७ महिनादेखि किसानहरुले दुधको भुक्तानी पाएका छैनन् बर्तौलाले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.