धनगढी मेयर हमालकी छोरी सम्पर्कमा

| 2024 Mar 27 | 10:50 am 653

काठमाडौँ १४ चैत / धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। भारतको गोवाबाट सोमवारदेखि सम्पर्कविहीन भएकी आरती हमाल सम्पर्कमा आएकी हुन्।

उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो । अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्बिरसहितको पोस्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन् । आरतीकी आमा शारदाका अनुसार उनीहरू भारतको गोवामा छन् ।

ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन्। उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको आमा शारदाले जनाइन् ।

एक विदेशी केटीले फोटो हालेपछि अमेरिकामा भएकाले सम्पर्क गर्नु भयो । छोरी र ज्वाइँ पुग्नु भएको छ ।’ उनी सम्पर्कमा आएपछि आरतीकी बहिनी आरजु उनका श्रीमान रीतेज भट्ट गोवा पुगेका हुन् ।

आरती मेयर हमालकी जेठी छोरी हुन् । उनी ओशो साधक हुन् । ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् ।

सोमबारदेखि सम्पर्कमा नआएपछि मेयर हमालले खोजी कार्यको लागि सार्वजनिक अपिल गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.