काठमाण्डौ १२ चैत / शान्ति समाजका सभापति रामकृष्ण बरालले सोमवार एक विज्ञप्ति प्रकाशित गरी गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी घोटालाको निष्पक्ष एवं प्रभावकारी छानबिन गर्न माग गरेको छ । लामिछानेको संलग्नताका तथ्यहरू सार्वजनिक भइसकेकाले नैतिक रुपमा उनले मार्ग प्रशस्त गर्नुपर्ने शान्ति समाजले माग गरेको छ ।
शान्ति समाजले केही भ्रष्टाचार/घोटाला प्रकरणमा अनुसन्धान भएता पनि सौदाबाजीका कारण मूल दोषीहरूले उन्मुक्ति पाउँदै आएको देखिन्छ । सत्तारुढ नेकपा माओवादी केन्द्रका माथिल्लो तहका नेताहरू संलग्न सुन काण्ड त्यसको पछिल्लो उदाहरण हो जसमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूतिर सोझिएको सहकारी प्रकरणबाट उन्मुक्ति पाउन सौदाबाजी गरेको धारणा राखेको छ ।
गृहमन्त्री लामिछानेले आफूतिर सोझिएको सहकारी प्रकरणबाट उन्मुक्ति पाउन माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेर सौदाबाजी गरेको आरोप समेत लगाएका हुन् ।
बहुचर्चित सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताका तथ्यहरू सार्वजनिक भइसकेको सन्दर्भमा शिघ्र निष्पक्ष एवं प्रभावकारी छानबिन अघि बढाउन शान्ति समाज आग्रह गर्दछ । विज्ञप्तिमा भनिएको छ । ‘
कृष्ण पहाडी संस्थापक रहेको शान्ति समाजले सुशासन र सदाचार विपरीत विभिन्न घोटालाका मूल दोषीहरूलाई उन्मुक्ति दिने गरी हुर्किरहेको सौदाबाजीको घिनलाग्दो राजनीतिको निन्दा गरेको छ ।