एकै परिवारका तिनजनाले गरे आत्महत्या

रिपोर्ट नेपाल | 2023 Nov 23 | 01:44 pm 1045

धनकुटा नगरपालिका-१ निगालेमा बुधबार राति एकै घरका तीन जना मृत फेला परेका हुन् । प्रहरीका अनुसार तीनैजना झुन्डिएको अवस्थामा फेला परेपछि घटना थप रहस्यमय भएको छ ।

यसरी झुन्डिएको अवस्थामा मृत फेलापर्नेमा ३७ का टीका गुरुङ, उनकी ३८ वर्षीया पत्नी झुमा र ११ वर्षका छोरा आयुष रहेका छन् । सो घटनामा ६ वर्षकी छोरी आशिका भने सकुशल रहेकी छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मृतक टीकाले मादक पदार्थ सेवन गरी पत्नी र छोराको हत्या गरेर आफू पनि झुन्डिएर आत्महत्या गरेको हुन सक्ने कोणबाट अनुसन्धान गरिएको छ ।

घटनास्थलमा अहिले प्रहरीले पुगेको र सो घटनाको मुचुल्का उठाउने काम भइरहेको छ । प्रहरीको थप अनुसन्धान जारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.