काठमाडौँ, भदाै २२ । आईसीसी महिला टी-२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपाली टोली सेमिफाइनलमा पराजित भएको छ । मलेसियामा आज शुक्रबार खेलिएको सेमिफाइनल खेलमा नेपाललाई थाइल्यान्डले ४६ रनले हराएको हो । आज खेलमा पराजित भएसँगै नेपाले ग्लोबल छनोटमा स्थान बनाउने अवसर गुमाएको छ ।
थाईल्यान्डले प्रस्तुत गरेको १ सय ६ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेपालको ब्याटिङ खराब रह्यो । ३ रन जोड्दा ३ विकेट गुमाएको नेपाली टोलीका मध्यक्रमका ब्याटरहरुबाट पनि रन बटुल्न सकेनन्। नेपालका लागि कविता कुवँरले अविजित १७ रन बनाईन् यो नै टोलीकै सर्वाधिक रन थियो । कविता जोशी र अप्सरी बेगमले समान १०-१० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन असफल रहे ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाईल्यान्डले निर्धारित २० ओभरमा जम्मा २ विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो । खेल मलेशियाको वांगीमा भएको थियो ।