एसियाडको भव्य उद्घाटन ( फोटो फिचर )

| 2018 Aug 19 | 06:29 am 4630

जाकर्ता, भदौ ३: एसियन गेम्सको १८ औं संस्करणको उद्घाटन समारोह इन्डोनेसियाको जाकार्तामा भव्य रुपमा गरिएको छ ।

करीव तीन घण्टा चलेको उद्घाटन समारोहको सुरुवातमा इन्डोनेसियाको चर्चित कलाकारले विशेष प्रस्तुती दिएका थिए । जसमा एक दर्जन कलाकारले उपस्थित ७५ हजार दर्शकलाई मनोरञ्जन गरेका थिए । उद्घाटन समारोहमा इन्डोनेसियाको संस्कृती झल्किने गरि नृत्य प्रस्तुत गरिएको थियो। जसका लागि ४ हजार कलाकारले आकर्षक प्रस्तुती दिएका थिए ।

एशियाडको पहिलो सस्करणको आयोजना गर्दा देखि अहिलेसम्मको यात्राको झलक दिनेगरि आयोजना भएको उद्घाटन समारोहको रमाईलो क्षणपछि सहभागि ४५ देशका खेलाडीले मार्च पास गरेका थिए । मार्च पासमा नेपालका तर्फबाट दक्षिण एशियाली खेलकुदका स्वर्णपदक विजेता कमलबहादुर अधिकारीले नेपालको झण्डा बोकेका थिए।

Slide 35 of 62

मार्च पासमा नेपालका करीव सय जनाको उपस्थिती रहेको थियो । त्यसमा खेलाडी भन्दा पदाधिकारीको उपस्थिती धेरै रहेको थियो । एशियन गेम्समा गएका प्रायसबै पदाधिकारी मार्चपासमा उत्रिएका थिए । यो पटक नेपालबाट एक सय ८५ खेलाडी सहभागि छन भने पदाधिकारी पनि एक सयको हाराहारीमा रहेका छन ।

हरेक देशले आफनो राष्ट्रियता झल्कने पोशाकमा मार्च पास गरेका थिए । यो एशियाडमा लामो समय देखि विरोधिका रुपमा रहेका उत्तर र दक्षिण कोरीयाले संयुक्त रुपमा एकै झण्डा मुनी मार्च पास गरेका थिए । जसमा कोरीया मात्र राखिएको थियो । खेलाडीले मार्च पास गर्दा दुबै देशका पदाधिकारीले एक अर्कासँग हात मिलाएर एकताको संकेत गरेका थिए ।

मार्चपास पछि एशियाडको आधिकारीक गित गाएकी गायीका मेराह बिनटाङले प्रस्तुती दिएकी थिइन । त्यसपछि मैदानमा इन्डोनेसियाको ठुलो झण्डालाई फहराइएको थियो । भोली देखि औपचारिक रुपमा विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ । जसमा भोली ६ खेलमा प्रतिस्पर्धा हुनेछ । जसमा नेपालले फुटबल, फेन्सिङ, कुस्ती, ब्याटमिन्टनमा प्रतिस्पर्धा गर्नेछ ।

Slide 37 of 62

Slide 48 of 62

Slide 52 of 62Slide 62 of 62Slide 49 of 62Slide 30 of 62Slide 61 of 62

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.