राेमानिया घटनाले मनमा गहिराे चाेट पुगेकाे छ – प्रकाश सपुत

| 2023 Jun 30 | 03:51 pm 1949

काठमाडौं, असार १५ । कलाकार प्रकाश सपुतले फेसबुकमा लामो स्टाटस लेख्दै रोमानियामा भएको घटनाले आफूलाई मनमा गहिरो चोट पुगेको र मानसिक रुपमा विक्षिप्त भएको बताएका छन् ।

उनले उक्त घटनाको घट्नाको घोर भत्सर्ना र निन्दा गर्दै कला र कलाकारको सम्मान र सुरक्षाको पक्षमा वकालत गर्नुहुने सम्पुर्ण कलाकर्मी, संगितकर्मी, अधिकारकर्मी, मिडियाकर्मीहरु, राष्ट्रीय लोक तथा दोहोरी गित प्रतिष्ठान लगायतका सम्पुर्ण संघसंस्थाहरुलाई साथै  संसार भरी छरिएर रहेका  नेपाली शुभेच्छुक, शुचिन्तकहरुप्रति आभार प्रकट गरेका छन् ।

उनले लेखेका छन् “घट्नासँग अरु कुनै खराब नियत र उद्देश्य नजोडिएको भए पनि सार्वजनिक रुपमा भएको यो घट्नाले मेरो मनमा गहिरो चोट पुगेको छ । अहिले मानसिक रुपमा अलि विक्षिप्त भएको छु । भर्खर यात्रा शुरु गरेको छु । यात्रा सजिलो छैन भन्ने त थाहा छ तर यस्तो अनेपक्षित घट्नाहरुले यात्रा अफ्ठ्यारो मात्रै होईन डरलाग्दो पनि हुने रहेछ”

उनले अगाडी लेख्नछन् “बोत्तल प्रहार गर्ने युवाको आचरण र परिस्थिति म राम्रो संग जान्दछु । मैले मेरो जिवनकालमा यस्तो स्वभावका धेरै साथीहरुको संगत गरेको छु । त्यसमाथी सानै उमेरमा ठुलो रकम तिरेर विदेश जानु पर्ने बाध्यताले धेरै नेपालीहरुमा चरम निरासा र मानसिक स्वास्थ्य समस्या देखिन थालेको छ । म विदेश कार्यक्रमहरुमा जादा प्राय सबै ठाउमा यो विषयमा छलफल हुने गरेको पनि छ । यो घट्ना एउटा संयोग मात्रै होईन हाम्रो बाध्यता र परिस्थितिको उपज पनि हो”

कलाकार प्रकाश सपुतमाथि रोमानियामा भएको कन्सर्टमा एक नेपाली युवकले बोतल प्रहार गरेका थिए। पछि ती युवकले खुट्टा ढोगेरै माफी मागेपछि सपुतले माफी दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.