काठमाडाैं, असार १३ । संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि उपमहासचिव जेन पियरे ल्याक्राेइक्स र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबीच बुधबार प्रहरी प्रधान कार्यालयमा भेटवार्ता भएको छ ।
भेटका अवसरमा उपमहासचिव ल्याक्राेइक्सले संयुक्त राष्ट्र संघको अनुरोधमा विभिन्न देशमा शान्ति स्थापनार्थ खटिएका नेपाल प्रहरीका कर्मचारीहरूको योगदानको उच्च प्रशंसा गरेका थिए।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मानव अधिकारको संरक्षण एवम् प्रवर्द्धन गर्दै संयुक्त राष्ट्रसंघको विधानप्रति सदैव प्रतिवद्ध रहँदै शान्ति स्थापनार्थ नेपाल प्रहरी परिचालित भई योगदान दिँदै आएको स्मरण गराएका थिए ।
उनीहरूबीच संयुक्त राष्ट्रसंघको अनुरोधमा विभिन्न मिसनमा शान्ति स्थापनार्थ परिचालित हुने नेपाल प्रहरीको सहभागिता बढाउने, राष्ट्रसंघमा नेपाल प्रहरीको योगदान र आपसी हित लगायतका बिषयमा छलफल भएको जनाइएकाे छ ।