काठमाडौंँ, जेठ ३२ । अबको तीन दिन पछि अनिवार्य अवकास हुन लागेका नेपाल सरकारका सचिव डा. बैकुण्ठ अर्याललाई सरकारले पुरस्कृत गरी मुख्य सचिवमा नियुक्त गरेको छ ।
यस अघि मुख्य सचिव रहेका शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरी प्रधानमन्त्री कार्यालयमा कार्यरत अर्याललाई निजामती क्षेत्रको सर्वोच्च पद मुख्य सचिवमा बढुवा गरिएको हो । तिन दिन पछि स्वत अवकासमा जान लागेका अर्याललाई किन मुख्य सचिवमा नियुक्त गरियो सर्वत्र जिज्ञासाको विषय बनेको छ ।