चौथो ओएस नेपाल म्यूजिक अवार्ड २०८०  सम्पन्न

रिपोर्ट नेपाल | 2023 Jun 11 | 12:03 pm 2149

काठमाडाैं, जेठ २८ । नेपाली गीत, संगीत हाम्रो उच्च सम्मान भन्ने मूल नारासहित शनिबार राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा आयोजीत एक कार्यक्रमकाबिच चौथो ओएस नेपाल म्यूजिक अवार्ड २०८०  सम्पन्न भएकाे छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदी तथा काठमाडौँ प्रहरी परिसर प्रमुख दान बहादुर कार्कीको हातबाट उत्कृष्ट पाँचमा पर्न सफल कलाकर्मीहरुलाई प्रमाणपत्र पनि वितरण  गरिएको हो ।

सो अवसरमा बोल्दै मन्त्री मोदीले कलाकारहरु देशको गहना भएको र कलाकारिताको निरन्तर साधना गरेमा सफलता धेरै टाढा नभएको बताए । उनले उत्कृष्ट ५ मा पर्न सफल कलाकर्मीहरुलाई जितको शुभकामना समेत  दिंदै आँफु २९ वर्षकै उमेरमा जनप्रतिनिधिका रुपमा चयन हुँदा युवा जोस जाँगर र उर्जा भरिएको र अहिलेका युवाहरुमा कलाकारिताप्रतिको उत्साह देख्दा खुशी लागेकाे  बताए । सम्बोधनका क्रममा उनले कलाकारिता क्षेत्रबाट कलाकारहरूले देशको इज्जत राख्ने  भएका कारण तन मन दिएर यो क्षेत्रमा लाग्न  समेत आग्रह गरेका थिए ।

फाेटाेहरू

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.