नेपाल र भारतबीच वार्ता पछि पत्रकार सम्मेलन

| 2023 Jun 01 | 01:08 pm 1161

 

काठमाडौं, जेठ १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा भारत भ्रमणमा गएका प्रतिनिधि मण्डल र र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेका दुई देशका प्रतिनिधि मण्डलबीच आज नयाँदिल्लीको हैदरावाद हाउसमा भएको वार्ता पछि पत्रकार सम्मेलन भइरहेको छ ।

द्विपक्षीय वार्तामा अर्थतन्त्र, उर्जा, पूर्वाधार, शिक्षा र नागरिक स्तरको सम्बन्धलाई थप मजबुद् बनाउने विषयमा कुराकानी भइरहेको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ।

यसअघि प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी मोदीले हैदरावाद हाउसमा स्वागत गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.