पाल्पामा बस दुर्घटना हुँदा एकको मृत्यु, ३८ घाइते

रिपोर्ट नेपाल | 2023 Apr 23 | 01:26 pm 1345

पाल्पा, बैशाख १०ः बुटवलदेखि बागलुङको बुर्तिबाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ। आज बिहान बुटवलदेखि बुर्तिबाङतर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै बिहान ९ बजे दुर्घटनामा परेको हो।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमेन्द्र शर्माले जानकारी दिए। मृत्यु हुनेको पहिचान नखुलेको शर्माको भनाइ छ। घाइते सबैलाई लुम्बिनी मेडिकल कलेजमा पठाइएको शर्माले जानकारी दिए। घाइते अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बस भिरमा अड्किएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.