दुई मन्त्री र एक राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

| 2018 Aug 03 | 07:18 pm 2880

काठमाडौं, साउन १८ : शुक्रबार तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।  राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा. सुरेन्द्र यादवले सपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले  उनीहरुलार्इ शपथ गराएकी हुन्। बंगलादेशमा एमबिबिएस पढ्न गएका महिलाहरूको विषयमा दिएको अभिव्यक्ति विवादमा परेर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि रिक्त रहेको पदमा ढकाललाई नियुक्त गरिएको हो।

अब मन्त्रिपरिषद २२ सदस्यीय बनेको छ। ओली सरकारमा तीन राज्यमन्त्री छन्। मन्त्रिपरिषद्मा  नेकपा र सङ्घीय समाजवादी फोरम नेपाल सहभागी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.