बस्ती जोगाउन ढुंगा हटाउँदै सेना

| 2022 Mar 07 | 07:35 am 1177

नुवाकोट, फागुन २३: २०७२ सालको भूकम्पले जोखिमपूर्ण बनाएको दुप्चेश्वर गाउँपालिका–१ नेगीस्थित भीमकाय ढुंगा नेपाली सेनाले हटाउन सुरु गरेको छ। भूकम्पले चिराचिरा पारेको नेगीगाउँमा उक्त ढुंगा खस्ने त्रास थियो।

नेगीगाउँमा ४७ परिवार बस्छन्। ढुंगाको जोखिमका कारण स्थानीयले उक्त बस्ती सार्न माग गर्दै आएका थिए। भूकम्पले ढुंगा करिब एक हात सारेको र बस्तीमा खस्ने जोखिम रहेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिह तामाङले बताए। उक्त ढुंगा मानव बस्तीभन्दा पाँच सय मिटरमाथि छ।

ढुंगा हटाउन हाल संघीय सरकारले २५ लाख र बागमती प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट निकासा गरेको गाउँपालिका अध्यक्ष तामाङले बताए। ढुंगा फुटाउन आवश्यक उपकरण हेलिकप्टरमार्फत ल्याइसकिएको उनले जानकारी दिए। उक्त ढुंगा फुटाउन एक करोड रुपैयाँ आवश्यक पर्ने र नपुग रकम गाउँपालिकाबाट खर्च गरिने अध्यक्ष तामाङले बताए। अन्न्पूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.