जन्ति बोकेको जीप दुर्घटना, चारको मृत्यु, सात घाइते

रिपोर्ट नेपाल | 2021 Nov 22 | 07:22 am 101

बैतडी, मङ्सिर ५ः बैतडीमा जन्ति बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृतक मध्ये तीन जनाको सनाखात भएको छ । मृत्यु हुनेमा दशरथ चन्द नगरपालिका–६, का खेमसिंह कार्की, प्रेम चन्द, र तारा थापा रहेका छन् ।

दुर्घटनामा सात जनाको हाताहाती भएको यातायात व्यवसायि त्रिलोचन थापाले बताए । थापाले भने, “तीजनाको सव फेला परेको छ । बेहोस हुनु भएका दशरथचन्द नगरपालिका–६, का राजु चन्द र अर्क चन्दलाई अस्पताल पठाईएको छ । रातिको समय भएकोले उद्धार गर्न कठिनाई भईरहेको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।”

आईतबार बेलुकी ८ः १५ बजे दशरथचन्द नगरपालिका–४,कलुवाडको मोडमा दुर्घटनामा परेको म १ ज ३१० नम्बरको जिपमा सवार चार जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको जिप दशरथचन्द नगरपालिका–२ देहिमाण्डौको थलाल गाउँबाट जन्ती बोकेर दशरथ चन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो । घटनाको थप विवरण आउँन बाँकी रहको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.