पर्यटकको पर्खाइमा पोखरा

रिपोर्ट नेपाल | 2021 Sep 16 | 08:19 am 1489

कास्की, भदाै ३१: लकडाउनका कारण वैशाखदेखि १५ देखि बन्द पोखराका पर्यटकीय गन्तव्य असोज १ देखि पुनः सञ्चालन गर्ने तयारी भएको छ। पोखरामा मंगलबार पर्यटकीय गन्तव्य स्थलका अध्यक्ष तथा प्रतिनिधि र पर्यटन व्यवसायीबीचको छलफलले उक्त निष्कर्ष निकालेको छ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको संयोजनमा भएको अन्तरक्रिया कार्यक्रममा पर्यटकीय खोल्नुको विकल्प नरहेको बताएका छन्।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले स्वास्थ्य मापदण्ड कायम गरेर सबै पर्यटन व्यवसाय र पर्यटकीय गन्तव्य खोल्ने गरी तयारी भएको बताए। अहिले पोखराका होटल, रेस्टुरेन्ट खुला भइसकेका छन्। रेस्टुरेन्ट भने राति १० बजेसम्म खोल्न कास्की प्रशासनले अनुमति दिएको छ। देशकै प्रमुुख पर्यटकीय गन्तव्य पोखराका होटल, रेस्टुरेन्टलगायतका खर्बौं लगानी रहेको छ।

कोरोनाका कारण लामो समय व्यवसाय बन्द हुँदा पर्यटन उद्योग धराशयी हुने अवस्थामा पुगेको परिषद्का अध्यक्ष भट्टराई बताउँछन्। यसैले अब स्वास्थ्य मापदण्ड कायम गरेर व्यवसाय खोल्नुको विकल्प नरहेको उनले सुनाए।  पोखराको फेवाताल किनारबाट देखिएको अन्नपूर्ण, माछापुच्छ्रे हिमाल। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.