कोठा र कोटा ( मुक्तलय )
तिमी दलित कोठा पाइनौ म ब्राह्मण कोटा पाइनँ
कोठा र कोटाको सम्बन्ध आकाश र जमिनजस्तो
तिमीले कानुनी राजमार्ग रोज्यौ
मेरो त गोरेटो नै बन्द
त्यसैले मिहिनेत र परिश्रमको बाटो रोजेँ ।
मलाई थाहा थियो , – सबै ब्राह्मण / क्षेत्री शिक्षित र धनी छैनन्
सबै दलित अशिक्षित र गरिब छैनन्
तर पनि म चुपचाप छु , तिमी जातले दलित
म व्यवहारले दलित कोठा कति निरीह , कोटा कति शक्तिशाली ?
आखिर कोठा ,कोठा नै हो र कोटा , कोटा नै हो ।
यही कोटाले कति दलितजातिको भाग्योदय भएको छ
यही कोटाले कति ब्राह्मण / क्षेत्री र जनजातिको बिल्लिबाठ भएको छ
तैपनि कोठा कहिल्यै कोटा बन्न सक्दैन आखिर कोठा, कोठा नै हो कोटा , कोटा नै हो
कोठा र कोटा आकाश जमिनजस्तै फरक छ ।
अब म कोटा रोज्छु तिमी कोठा रोज
एउटा कोठा बनाउन कति सङ्घर्ष छ ।
ब्राह्मण /क्षेत्री , जनजाति , र दलितजाति हुनुमा दोष कसैको छैन ,
दोष नभए पनि कोटा त जन्मसिद्ध छ ।
अनि हेर ,कोटा र कोठा कुन महङ्गो छ ?
लाग्छ , कोठा र कोटा आकाश र जमिनजस्तै छ ।
* अस्तु : *
रचना : लक्ष्मीप्रसाद ढकाल
त्रिभुवन विश्वविद्यालय , कीर्तिपुर ।