ओखलढुंगामा पहाड खसेर खोला थुनियो, १४ घर जोखिममा

रिपोर्ट नेपाल | 2018 Jul 14 | 11:18 am 2270

ओखलढुंगा, असार ३० :  सुनकोशी गाउँपालिका ९ स्थित कटुञ्जे ककनीमा पहिरो जाँदा १४ घर तामाङ बस्ती जोखीममा परेको छ ।

निरन्तरकाे बर्षाका कारण गाँउमाथीबाट जोराल डाडाँ पहाड खसेर बैशाखे खोलमा थुप्रिदा उक्त क्षेत्रका १४ घर परिवार जोखिममा परेका हुन् । खोलामा पहाड खसेर थुप्रिएपछि खोला थुनिएको र खोलाले स्थानियको सयौँ रोपनी जमिन कटान गर्नुका साथै पहिरो समेत नित्याएको स्थानिय कर्ण बहादुर तामाङले बताए । पहिरो स्थानियको घर छेउसम्मै आईपुगेकोसमेत बताउनु भएको छ ।

गाँउमाथीबाट नवलपुरघाट दुधकुण्ड जोड्ने सडकको ट्रयाक खनिदा पहिरो गएको स्थानियको भनाई छ । यस्तै माथीबाट नयाँ सडकको ट्रयाक खनिएकाले पहिरो गएको हुनसक्ने सुनकोशी गाउँपालिका ९ का वडा अध्यक्ष जनक कार्कीले पनि दावी गरेका छन् ।

पहिरो स्थानियको घरको क्षेत्र सम्म पुगेको छ तर अहिले सम्म मानवीय क्षेत्री नभएको छन् स्थानीयलाई सुरक्षित ठाउँमा सारिएका छन् । अहिले उक्त क्षेत्रको वस्तुस्थिती बुझ्न प्रहरीको टोली त्यस फर्त प्रस्थान गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.