नेपाल र भारतबीच नियमित उडान गर्ने

रिपोर्ट नेपाल | 2020 Dec 11 | 07:32 am 1943

काठमाडाैं, मंसिर २६ः लामाे समयपछि नेपाल र भारतबीच नियमित हवाई उडानको बाटो खुलेको छ । नेपाल सरकारले नेपालको एक र भारतको एक वायुसेवा कम्पनीलाई उडानको अनुमति दिने निर्णय गरी सहमतिका लागि गरेको प्रस्ताव भारत सरकारबाट स्वीकार भएको हो ।

नेपाल एयरलाइन्स र एयर इन्डियाले नियमित उडान गर्ने भएका छन् । नेपालस्थित भारतीय दूतावासका अनुसार उक्त एयरलाइन्सले कहिलेबाट उडान सुरु गर्ने भन्ने विषय स्वयं एयरलाइन्सलाई जिम्मा दिइएको छ ।

नेपालबाट नेपाल एयरलाइन्सले दिल्लीका लागि र एयर इन्डियाले दिल्लीबाट काठमाडौंका लागि दैनिक एक/एक उडान गर्ने बताइएकाे छ ।

‘एयर ट्रान्सपोर्ट बबल स्किम’ कोरोना भाइरसको संक्रमणपछि मुलुकहरुले आफ्ना नागरिकलाई लैजान सक्ने गरी भारतले ल्याएको अवधारणा हो ।

अब यस स्किममार्फत् नेपाल आउने यात्रुहरुले यात्रा थाल्नु अगावै अन्तर्राष्ट्रिय ट्राभल अनलाइन फारम भर्नुपर्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.