कोरोना विशेष अस्पतालमा आगलागती हुँदा कम्तिमा १० जनाको मृत्यु

| 2020 Nov 15 | 08:32 am 1970

एजेन्सी, कात्तिक ३०ः रोमनियाकाे एक कोरोना विशेष अस्पतालमा आगलागती हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । समाचार एजेन्सीहरूका अनुसार काेराेना संक्रमितहरूको उपचार भइरहेकाे उक्त अस्पतालमा आगलागीका कारण मानवीय एवं भाैतिक क्षति भएकाे हाे । केही दर्जन मानिस गम्भीर घाइते भएकाे जनाइएकाे छ ।

राेमानियाकाे उत्तर-पूर्वी शहर पिएत्रा निभएमतमा रहेको साे अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको जनाइएकाे छ  हो । विद्युत सट भएर आगलागी भएको हुन सक्ने रोमानियाका स्वास्थ्यमन्त्री नेलु तातारुले बताएकाे स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आगलागी भएपछि बिरामीको उद्धार गर्न खोजेका एक डाक्टर समेत जलेर गम्भीर घाइते भएका छन् । उनलाई आर्मीको विमान मार्फत राजधानी शहरमा उपचारका लागि लगिएको जनाइएकाे छ ।

आगलागीपछि क्रेनहरूकाे सहायताले पीडितकाे उद्धार एवं आगाे नियन्त्रणमा लिइएकाे बताइएकाे छ । अहिले उक्त अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुलाई अर्काे लासी नामक शहरमा रहेको अस्पतालमा सारिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.