जाजरकोट, असाेज २१ः बुधबार जाजरकाेटकाे जुनिचाँदी गाउँपालिका–१ अउल खोलामा जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित ६ को मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष ५० वर्षीय अमर बहादुर शाही, ६० वर्षीय कीर्ति बहादुर शाही, ३१ वर्षीय खेम बहादुर शाही, २९ वर्षीय कृष्ण बहादुर शाही र ३० वर्षीया मालिका बस्नेत रहेका छन् ।
भे १ ज ९३५ नम्बरको जीप सदरमुकाम खलङ्गाबाट जुनिचाँदी गाउँपालिकातर्फ जाँदै गर्दा सडकबाट ६ सय मिटर तल खस्दा सहित ६ को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।
मृतक ६ जना मध्य एक जनाको शव पानीबाट निकालिरहेको र सनाखत नभएको डीएसपी श्रेष्ठले बताए । दुर्घटना भएको ठाउँ खलङ्गाबाट झण्डै ८२ किलोमिटर टाढा रहेकाे बताइएकाे छ ।