अझै ५८ प्रतिशतले गराउँछन् असुरक्षित गर्भपतन

| 2020 Oct 04 | 08:04 am 1843

काठमाडौं, असाेज १८ः गर्भपतन सेवाले कानुनी मान्यता पाएको १८ वर्ष बितिसक्दा पनि अझै प्रजनन उमेरका ५८ प्रतिशत महिला सो सेवाबारे अनभिज्ञ रहेको पाइएको छ ।

४२ प्रतिशत महिलाले सरकारले गर्भपतन गराउन मान्यता दिएको स्वास्थ्य संस्थाबाट सेवा लिने गरेको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ । परिवार कल्याण महाशाखाका अनुसार हालसम्म १३ लाख महिलाले मात्रै सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ । परिवार कल्याण महाशाखाका निर्देशक डा. भीमसेन तिंकरीले ४२ प्रतिशत महिलाले मात्र गर्भपतन सेवाका बारेमा जानकारी पाएको बताए ।

उनले भने, सुरक्षित गर्भपतन सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउन ग्रामीण स्तरसम्म सेवा विस्तार गर्न आवश्यक छ । सरकारले सबै सरकारी स्वास्थ्य सेवाबाट निःशुल्क सुरक्षित गर्भपतन सेवाप्रदान गर्दै आएको छ ।

हाल देशभर गर्भपतन सेवा प्रदान गर्न ४ हजार रुपैयाँको हाराहारीमा चिकित्सक नर्स तथा अनमीलाई तालिम प्रदान गरिएको छ । यस्तै, १ हजार ५ सय स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवाप्रवाह हुँदै आएको स्वास्थ्य सेवा विभागले जनाएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.