परराष्ट्रमन्त्री ज्ञवालीद्वारा पिसिआर मेसिन हस्तान्तरण

रिपोर्ट नेपाल | 2020 Jul 18 | 08:15 pm 2138

  • सन्तोष महतारा

गुल्मी, साउन ३ः नेपाल सरकारका परराष्ट्रमन्त्री मन्त्री प्रदिप कुमार ज्ञवालीले शनिबार गुल्मीमा कोरोना पिसिआर परिक्षण मेसिन हस्तान्तरण गरेका छन् ।

मन्त्री ज्ञवालीको पहलमा हिमालय एयरलाइन्सलेका उपाध्यक्ष विजय श्रेष्ठले सहयोग गरेको पिसिआर मेसिन रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुषाललाई एक कार्यक्रममा विच हस्तान्तरण गरिएको हो ।

पिसिआर मेसिन हस्तान्तरण गर्दै मन्त्री ज्ञवालीले कोरोनाको अझ खतरा अवस्था आउन सक्ने भन्दै त्यसअवस्थासँग लड्न तयारी गरिरहेको बताए ।

पिसिआर मेसिन आएपनि परिक्षण सुरु गर्न कम्तीमा एक महिना लाग्ने जिल्ला अस्पताल तम्घास गुल्मीका डाक्टर उत्तम पच्याले जानकारी दिए ।

पिसिआर परिक्षण मेसिन ल्यावको एक मात्रै अङ्ग भएको भन्दै उनले सबै पुर्वाधार जुटाएर परिक्षण गर्न एक महिना लाग्ने बताएका हुन् । उनले भने, पिसिआर मेसिन आयो, अब भोलिबाटै कोरोना पिसिआर परिक्षण सुरु भइहाल्छ भनेर सोच्नु गलत हो ।

नेपालमा अहिले कोरोना परिक्षण गर्ने ३३ वटा ल्याव छन् । विश्वबजारमा पनि पाउन कठिन उक्त मेसिन चिनबाट ल्याइएको हिमाल एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठले बताए ।

गुल्मीमा पनि पिसिआर परिक्षण गर्न स्वास्थ्य मन्त्रालयले स्विकृत गर्ने तयारी भएको कार्यक्रममा जानकारी गराइएको थियो ।

गुल्मीमा अहिलेसम्म ३ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।

मेसिन हस्तान्तरण कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समिति जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र गुल्मीले आयोजना गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.