डडेल्धुरा, असार २७ः खानेपानीको विषयमा विवाद भई झडप हुँदा डडेल्धुरामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आलिताल गाउँपालिका ६ झरकाडाका ८ वर्षीय बालक हिमांशु महरा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार कुटपिटबाट उनको मृत्यु भएको हो । प्रहरीको अुनसार कुटपिटबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो ।
घटनामा संलग्न चार जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।