काठमाडौं, असार १८ः बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई अभियुक्तहरुलाई ब्यूरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मध्यपुर ठिमी नपा वडा नं ७ का ४१ वर्षीय राम ज्यापु र परिवर्तित बुढानिलकण्ठ नपा वडा नं ११ पैयुँटारका ४४ वर्षीय प्रकाश बुढाथोकी रहेका छन् ।
उच्च अदालत पाटनले २०७६ भदौ २ गतेको फैसलाले राम ज्यापुलाई ११ लाख ५० हजार एघार र ३ दिन कैद हुने ठहर भएको थियो ।
त्यस्तै अर्का अभियुक्त प्रकाश बुढाथोकीलाई पनि उच्च अदालत पाटनबाटै २०७६ माघ २४ गतेको फैसलाले १० लाख ५० हजार जरिवाना र ७ दिन कैद हुने ठहर भएको थियो ।
उल्लेखित अभियुक्तहरुलाई फैसला भएको सजाय वेरुजु रही फरार रहेकाले यस कार्यालयको टोलिले पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।
अभियुक्तहरुले आफ्नो खातामा रकम मौज्जात नभएको भन्ने जानी जानी जाहेरवालालाई रकम भुक्तानको लागि चेक काटी दिएकोमा बैंकहरुमा सो चेकहरुबाट रकम भुक्तान हुन नसकी चेक बाउन्स भएको थियो।
पक्राउ प्रतिवादीहरु दुवै जानालाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाईएको छ।