बजेट निर्माणमा संसद्को भूमिकासमेत नदेखिएकोप्रति असन्तुष्टि

| 2020 Jun 07 | 07:36 am 1747

काठमाडाैं, जेठ २५ः प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसद गगन थापाले संघीय सांसदको हैसियत वडाध्यक्षको जस्तो भएको टिप्पणी गरेका छन् । उनले स्थानीय पूर्वाधार विकासका नाममा योजना छनोट गर्ने कामले सांसदको भूमिका वडाध्यक्षजस्तो भएको बताएका हुन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा विनियोजित बजेटको मन्त्रालयगत शीर्षकमाथि भएको छलफलमा बोल्दै सांसद थापाले स्थानीय पूर्वाधार कोषबाट सांसदहरूले पैसा लिन थालेपछि सांसदहरूको हैसियत वडाध्यक्षको जस्तो भएको टिप्पणी गरे।

उनले सांसद विकास कोष खारेज गर्नुपर्ने माग गर्दै कोषलाई यापटकको बजेटबाट हटाउनका सरकारसँग माग गरे । सांसद थापाले बजेट निर्माणमा संसद्को भूमिकासमेत नदेखिएकोप्रति असन्तुष्टि जनाउँदै पञ्चायतकालजस्तै गणतन्त्रमा पनि त्यसरी नै बजेट आउने गरेको बताए । उनले प्रश्न गर्दै भने– ‘बजेट निर्माणमा संसद्को भूमिका के ? विधायकको भूमिका के ? हाम्रो विचारको भूमिका के ?’

विनियोजित बजेटको मन्त्रालयगत छलफलमाथि समेत प्रश्न उठाउँदै उनले धेरै मन्त्रालयबारे एकैपटक छलफल गर्ने र सांसदलाई थोरै समय दिँदा छलफलका लागि छलफल जस्तो मात्रै हुन पुगेको बताए । ‘हामीले बोले पनि के नबोले पनि के ? मन्त्रीले एउटा कानले सुन्नुहुन्छ अर्को कानले उडाइदिनुहुन्छ । कमा पनि फेरिन्न, फुलिस्टप पनि फेरिन्न ।’ –उनले असन्तुष्टि जनाउँदै भने । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.