पर्वत, बैशाख ८: आइतबार साँझ हावाहुरी, पानीसँगै परेको चट्याङ लागेर पर्वतमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा फलेवास नगरपालिका शंकरपोखरी टारीकी २८ वर्षीया कल्पना भुसाल रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले दिएकाे जानकारी अनुसार साँझ साढे ५ बजेको समयमा गोठमा बाख्रा बाँधिरहेको अवस्थामा उनीलाई चट्याङले लागेको बताए ।
चट्याङबाट गम्भीर घाइते भएकी कल्पनालाई तत्कालै उपचारका लागि सदरमुकाम कुस्मामा रहेको पर्वत अस्पताल पुर्याउँदा चिकित्सिकहरुले उनीलाई मृत घोषित गरेका थिए।
आइतबार अपराह्नबाट नै पर्वतमा मेघ गर्जनसहित भारी वर्षा भएको थियो ।