ड्युटीमा रहेका प्रहरी हवल्दारको अचानक मृत्यु

रिपोर्ट नेपाल | 2020 Apr 19 | 12:39 pm 2310

सोलुखुम्बु, बैशाख ७: ड्युटीमा रहेका प्रहरी हवल्दारको अचानक मृत्यु भएको छ। मृत्यु हुनेमा सोलुखुम्बुको अस्थायी प्रहरी चौकी दोर्पुका इन्चार्ज प्रहरी हवल्दार तथा भोजपुर घर भई हाल सुनसरीमा बस्दै आएका ३८ बर्षीय शिव प्रसाद भट्टराई रहेका छन् ।

उनकाे आईतबार बिहान करिब ३ बजे ड्युटीकै क्रममा मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख (डिएसपी) टेकुनन्द इवा लिम्बुले जानकारी दिए। डिएसपी लिम्बुले जानकारी दिए अनुसार डुयुटीमै रहेको बेला राती १२ बजेको समयमा अत्याधिक पेट दुखेपछि जिल्ला अस्पताल फप्लु उपचारको लागि लगिएको बताए ।

अस्पताल पुर्‍याएपछि बेहोस भएका भट्टराईको रातिनै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ। भट्टराईको एक श्रीमती २ छोरा र १ छोरी छन्। अहिले उनको शवलाई घर पठाउने तयारी भइरहेको सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.