माेटरसाइकल नालीमा खस्दा पाेखरामा एककाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Apr 02 | 11:51 am 2493

कास्की, चैत २०:  बुधबार राति पोखरामा मोटरसाइकल नालीमा खस्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा २६ सुन्दरीबजारका ३८ वर्षीय निम राज पुन रहेकाे कास्की प्रहरीले जानकारी दिएकाे हाे ।

नालीमा खसेकाे  ग ११ प ८२८१ नम्बरको मोटरसाइकल  बिहीबार बिहान प्रहरीलाई खबर गरेपछि प्रहरीले पुनको शव र मोटरसाइकल नालीबाट निकालेको थियो ।

मोटरसाइकलमा अरु सवार रहे वा नरहेको बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीले जानकारी दिए । स्थानीयले घटनास्थलमा एक महिलाको चप्पल समेत देखिएको बताएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.