यातायात व्यवसायी हत्या आरोपमा पाँच जना पुर्पक्षका लागि जेल चलान

रिपोर्ट नेपाल | 2020 Mar 18 | 02:28 pm 2098

गुल्मी, चैत ५: गुल्मी दरबार गाउँपालिका ४ वीरवासका यातयात व्यावसायी ३२ वर्षीय मोहनप्रसाद चुँदालीको हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई पुर्पक्षका लागि जेल चलान गरेका छन्।

जेल चलान हुनेमा गुल्मी दरबार गाउँपालिका ४ का ५० वर्षीय विष्णुप्रसाद कँडेल, ४८ वर्षीय इन्द्रबहादुर डम्बरपाल, ४२ वर्षीय ज्ञानुकुमारी डम्बरपाल, ३७ वर्षीय लक्ष्मण डम्बरपाल, ३५ वर्षीय कमला डम्बरपाल र २८ वर्षीय सागर सोमै रहेका छन् ।

चुँदाली फागुन ९ गते मृत अवस्थामा फेला परेका थिए। परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो।

हत्या आरोपमा पक्राउ गरी उनीहरुलाई प्रहरीले अदालत पेस गरेको थियो। जिल्ला अदालत गुल्मीका श्रेस्तेदार कृष्णशरण लामिछानेले मंगलबार पाँचै जनालाई पुर्पक्षका लागि जेल चलान गरेका हुन्।

गत फागुन ८ गते स्थानीय विष्णु कँडेलसँग होटलमा सँगै बसेका चुँदाली भोलिपल्ट मृत भेटिएका थिए।

सोही आधारमा चुँदालीको परिवारले कँडेलविरुद्ध फागुन १० गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए।

प्रहरीले त्यसैका आधारमा कँडेलसहित अन्य दुई जनालाई पक्राउ गरेको थियो। प्रहरीले घटनमा संलग्नको आरोपमा थप तीन जनालाई पनि पक्राउ गरेको हो।

प्रहरीले उनीहरु पाँचै जनालाई आवश्यक अनुसन्धान गरी जिल्ला अदालत गुल्मीमा पेस गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.