काठमाडौं, चैत ३: नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रका एक कर्मचारी घुस रकमसहित अख्तियारले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा पर्नेमा ईलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहाल रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको हो ।
दाहालले प्रक्रिया मिचेर नयाँ क्षमताको मिटर जडान गरिदिने भन्दै सेवाग्राहीसँग २० हजार घुस रकम लिइसकेको सूचनाको आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएका टोलीले पक्राउ गरेका हुन्।
आयोगले उनलाई कार्यालकै सेवाग्राही फाँटबाट नियन्त्रणमा लिएको बताइएको छ।