काठमाडौं, चैत २: नेपालको पश्चिम भागमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बेलुका ८ बजे ५० मिनेटको आसपासमा ठूलो भूकम्पको धक्का महसुस गरिएको हो ।
कास्कीको लुम्लेलाई केन्द्र बनाएर आइतबार साँझ ५.० रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रको जानकारी दिएको हो ।
उक्त भूकम्पको धक्का बाग्लुङ्ग, म्याग्दी, पर्वत पोखरा, लमजुङ्ग लगायत काठमाडौंसम्म महसुस गरिएको छ ।
सामाजिक सज्जालमा धेरैले भुइचम्मा आयो धन्नै लगेन भन्दै स्टाटस् र ट्विटहरु राखिरहेका छन् ।