एपीएफ टोलीद्वारा स्रोत नखुलेको रुपैयाँसहित दुई पक्राउ

रिपोर्ट नेपाल | 2020 Mar 14 | 09:42 pm 1814

बारा, चैत १ जिल्लाको परवानिपुर गाँउपालिका ३ बाट शनिबार एपीएफ टोलीले स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत घर बताउने ४० वर्षीय ईनामोल र २५ वर्षीया ईसा आलम रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट खटिएको एपीएफ टोलीले निजहरुलाई उक्त रुपैयाँसहित पक्राउ गरेको हो ।

बी आर ०५ जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा सो रुपैयाँ फेला परेको र सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि उल्लेखित रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

लागूऔषधसहित एक पक्राउ

महोत्तरी जिल्लाको सम्सी गाँउपालिका ६ कनहस्थित सीमा ईलाकाबाट शुक्रबार एपीएफ टोली र स्थानीय प्रहरीले कोरेक्स र नाईट्रोभेट नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको बर्दिबास नगरपालिका २ का २२ वर्षीय वीरेन्द्र मण्डल रहेका छन् ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले कोरेक्स १७ बोतल र नाईट्रोभेट ट्याब्लेट १३ वटासहित पक्राउ गरेको हो ।

पक्राउ परेका निज मण्डललाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फुलगाभाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले धनुषा जिल्लाको मुखियापट्टी गाँउपालिका ५ जमुनीघाटस्थित सीमा ईलाकाबाट एक्सीप्लोन नामक लागूऔषध १० बोतलसहित शुक्रबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ७ का ३४ वर्षीय रमेशकान्त चौधरी रहेका छन् ।

ज ८ प ७७८७ नम्बरको मोटरसाइकलमा सवार निज चौधरीलाई जाँच गर्दा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका चौधरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.