ट्रकको ठक्करबाट चितवनमा एकको मृत्यु

रिपोर्ट नेपाल | 2020 Mar 09 | 11:16 am 1716

चितवन, फागुन २६: गएराति ट्रकको ठक्करबाट चितवनमा एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपुर कावासोती नगरपालिका–१७ का अन्दाजी ५० वर्षीय ठाकुर पौडेलको रहेका छन् ।

नारायणगढको पुलचोक बजारबाट लायन्सचोकतर्फ आउँदै गरेको बा १ ख ९८५९ नम्बरको मिनीट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका पौडेललाई अस्पताल लादै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.