प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

रिपोर्ट नेपाल | 2020 Mar 05 | 12:08 pm 1459

काठमाडौं, फागुन २२: बुधबार मिर्गौलाको सफल प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको चिकित्सकहरूले बताएका छन् ।

ओलीलाई बिहीबार बिहान चिया खुवाइएको जानकारी चिकित्सकले गराएका छन् ।

प्रम ओलीलाई अहिले शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखिएको अस्पतालले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार, हरेक दिन अपराह्न ४ बजे प्रधानमन्त्रीको स्वास्थ्यबारे औपचारिक जानकारी दिने तयारी गरिएको छ ।

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि बुधबार ४ घण्टा लगाएर ओलीको अर्को मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.